कृषको संगीत र अस्मिताको स्वरमा मिठो गीत केही कमी…

ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

संगीतकार समेत रहेका सञ्चारकर्मी कृष पाण्डले आफ्नो संगीतमा नयाँ गीत केही कमी दर्शकमाझ ल्याएका छन् । गीत निकै माधुर्य बनेको छ । यो गीतलाई गायिका अस्मिता अधिकारीले गाएकी छिन् । निकै रोमाञ्चक भावको यो गीतमा सागर खरेलको शब्द रहेको छ ।

यो गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिशा पोखरेलले अभिनय गरेका छन् । उनीहरुको रोमान्चलाई भिडियोमा उतारिएको छ । भिडियोमा विकास सुवेदीको निर्देशन, युवराज न्यौपानेको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।