हिरा काजीको लेखन निर्देशनमा आयो मिठो धोका


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

गीतकार तथा म्युजिक भिडियो  निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका“ को म्युजिक भिडियो सार्बजनिक भएको छ। यो गीतमा गायिका सुजाता बर्माको आवाज रहेको छ । गीतमा हिरा काजी थापाको शब्द रहेको छ । जसमा संगीत नागेन्द्र श्रेष्ठले सृजना गरेका छन् । यसमा संगीत संयोजना उदय राज पौडेलले गरेका छन् ।

विदेशमा बसेर पनि नेपाली गीत सांगीत नियमित सृजना गर्ने गीतकारका रुपमा हिरा काजी परिचित छन् । उनी बिगत लामो समय देखि लन्डनमा बसोबास गर्दै आएका छन् । उनले लन्डनमा बसेर भिडियो कलबाट दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले अहिले सार्वजनिक गरेको मिठो धोका म्युजिक भिडियोको निर्देशन पनि अनलाईन प्रविधिबाटै गरेका हुन् ।

छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई निर्देशन हिरा काजी थापाले नै गरेका हुन् । यो गीतको भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षत्री, प्रविन डिसी, गोखरा तिरुवा र गंगा कुँवरको अभियन रहेको छ । भिडियोलाई हिरा काजी थापाले नै निर्माण गरेका हुन् ।