आङगेलु र मिनाको स्वरमा के साह्रो राम्री चोली

ब्युटी न्युज नेपाल
काठमाडौ ५ बैशाख

गायिका मिना राई र गायक आङगेलु शेर्पाले नयाँ वर्षको कोसेली स्वरुप आफ्ना दर्शक, श्रोताका लागि आफ्नो नयाँ पूर्वेली लोक गीत ‘के साह्रो राम्री चोलीमा…’ भिडियोे रिलिज गरेका छन् । भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मिना राईको शब्द, संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ । अनिल कोय राईको निर्देशन रहेको यसमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेनजर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ ।

पुर्वेली मारुनी सेलो भाकामा आधारित रहेकोले यसलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला स्रिर्जनाहरुलाई मन पाइदिनु भएजस्तो ‘के साह्रो राम्री चोलीमा’लाई पनि मनपराउनु हुनेछ भन्ने कुरामा गायिका राई बिश्वस्त हुनुहुन्छ ।