रिना र कमलको कस्तो माया जाल

ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ बैशाख

लोकदोहोरी गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा नयाँ गीत कस्तो माया जाल…को भिडियो दर्शकमाझ आएको छ । यो भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको हो । भिडियोमा मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई प्रस्तुत गरिएको छ ।
अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो मान्छे नआउदाको पिडालाई रोमान्चक रुपमा प्रस्तुत गरिएको छ ।

कस्तो माया जाल गीतको भिडियोमा शुक्र लामा र आरती मगरको अभिनय रहेको छ ।मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा नरेन श्रेष्ठको निर्देशन एवम अमोन रानाको कोरियोग्राफी भिडियोमा रहेको छ ।