लेकाली भेगैमा पनि उर्मिलासँग सुनिलको रोमान्स

ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ बैशाख

लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक भएको छ । यो गीतमा प्रतिवद्धको शब्द छ । सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुङसँगको रोमान्स प्रस्तुत गरिएको छ । बिगत केही भिडियोमा सुनिल र उर्मिलाको रोमान्स नियमित दर्शकले रुचाएका छन् ।

यो गीतको भिडियोमा यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलासँग मायाँ बसेको देखाईएको छ । पुराना भिडियोको कथासँग यो भिडियोको कथाको सम्बन्ध देखिँदैन । जितु तामाङको छायाँकन, मनोज कार्कीको सम्पादन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।