राजले ल्याए सपनाको झोली

ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

गायक तथा संगीतकार राज सागरको स्वरमा नयाँ गीत सपनाको झोलीको भिडियो दर्शकमाझ आएको छ । यो गीतलाई अमर बन्तुले लेखेका हुन् । जसमा संगीत पनि राज सागरकै छ । संगीत संयोजन संजिव बराईलीको हो ।

भ्वाईस अफ नेपाल स्टुडियोमा यो गीतलाई दीप घतानीले रेकर्ड गरेका हुन् । बैदेशिक रोजगारीमा रहँदाका सँघर्षमा यो गीत आधारित छ । गीतको भिडियोमा सोही अनुसारको कथा उतारिएको छ ।

दीपेन्द्र भट्ट दक्षले निर्देशन गरेको यो भिडियोमा प्रज्व गौतम, निरुता खड्का, मनोज ओली, राज तिमिल्सिना, सम्भिवी तिमिल्सिनाको अभिनय छ । भिडियोको छायाँकन रामकुमार केसीले, सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । यसका क्रियटिभ निर्देशक अनन्त तिमिल्सिना हुन् ।