गायक चौलागाईले ल्याए ‘घुर घुर’ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

गायक युवराज चौलागाईंले आफ्नो नयाँ गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । ‘घुर घुर’ बोलको गीतमा चौलागाईंको स्वर तथा संगीत रहेको छ । शब्दरचना कौशिला खनाल कर्माचार्यको छ ।

गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथालाई उठान गरेको छ । गीतको भिडियोमा वर्षा राउत र गायक स्वयंले अभिनय गरेका छन् । धिरजजंग शाहले खिचेको भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।