बोल देवता भन्दै आए माधव र ज्योती

ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

सन्देशमुलक गीत ”बोल देउता बोल” सार्वजनिक भएको छ । प्राज्ञ ज्योती प्रकाशको स्वर तथा संगीत रहेको सो गीतलाई चन्द्र भट्टचनले लेखेका हुन् । समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलंद गरिएको गीतमा विषेशत एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरे पछि स्वयं मुर्तिकारलेनै त्यसलाई छुन वा पुजा गर्न नपाएपछिको पिडालाई सम्बोधन गरिएको छ ।

भिडियोमा चलचित्र निर्देशक माधव राज खरेलको जिवन्त अभिनय देख्न सकिन्छ । हुन त यस अघि खरेलले थुप्रै चलचित्रहरुमा फरक फरक भुमिकामा आफ्नो अभिनय क्षमता देखाई सकेका छन् भने यो म्यूजिक भिडियोवाट निर्देशक खरेलले मोडलिङमा समेत आफ्नो उपस्थिति देखाएका छन् । भिडियोमा खरेलका अलावा चर्चित गीतकार लोकराज अधिकारी, गीतकार एवं संचारकर्मी सुमन बैरागीलाई पनि देख्न सकिन्छ ।

सामाजिक विकृति विरुद्ध आवाज उठान गर्ने उक्त गीतलाई संचारकर्मी एवं गीतकार शान्तिप्रियले निर्देशन गरेका छन् । गोविन्द अन्जानको छायांकन रहेको उक्त गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेर्डिङ स्टुडियो सुर संगीत रहेको छ । सामाजिक सचेतनाको लागी तैयार पारिएको गीत र भिडियोलाई दर्शक स्रोताहरुले मन पराउनेमा आफुहरु आशावादी रहेको यसका निर्देशक शान्तिप्रिय र संगीतकार एवं गायक ज्योती प्रकाशले बताएका छन् । भिडियोलाई ज्योती प्रकाश अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।