अब हिन्दीमा पनि प्रेमगीत ३

ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख

नेपाली चलचित्र प्रेमगीत ३ अब हिन्दी भाषामा पनि आउने भएको छ । भारतलाई लक्षित गरेर यो फिल्म हिन्दीमा अहिले स्वराँकन भईरहेको छ । २०७६ को अन्तिममा रिलिज हुने तयारीमा रहेको यो फिल्म कोभिडको लहरका कारण त्यतिबेला आउन सकेन । यतीबेला भने यसलाई हिन्दीमा पनि रिलिज गर्ने लक्ष सहित मुम्बईमा पुगेर निर्माता निर्देशक सन्तोष सेन फिल्मको हिन्दी भर्सन स्वराँकन गर्दैछन् ।

फिल्म हेरेपछि बलिउड वितरकको भारत रिलिजका लागि हिन्दीमा स्वराँकन गर्न सल्लाह दिए अनुसार आफुले हिन्दी डबको काम गरिरहेको सन्तोषले बताएका छन् । फिल्मको हिन्दी भर्सन काम बैशाख महिनाभरीमा सकिने उनको कथन छ ।

दक्षिण भारतीय सिनेमामा भ्वाइस दिएका चल्तिीका डबिङ आर्टिस्टहरुबाट अहिले बिङको काम सम्पन्न गरेको निर्देशक सेनले बताए । जसमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतम मिलेर सिनेमा लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

सेनले स्व. छेतेन गुरुङसँग मिलेर निर्देशनमा समेत डेव्यु गरेका  ‘प्रेम गीत ३’ हिन्दी र नेपालीमा एकसाथ रिलिज गर्ने बताए । कोरोनाको समयमा सिनेमा रिलिज गर्न हतार गर्नुभन्दा पनि सिनेमालाई बलिउड बजारमा समेत लैजाने सोचेर हिन्दी भाषामा सिनेमा रिलिज गर्न लागेको सुनाए ।