आउँदै इरर अफ गड

ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख

वेब सिरिज ’ईओजी (इरर अफ गड)’ चाँडै दर्शकबीच आउने भएको छ । यो सिरिजको फर्स्ट लुक पोस्टर अन्तरर्गत पोष्टर सार्बजनिक गरिएको छ । रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको यसलाई कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेका छन् ।

यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।

बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ’सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय यसमा रहेको छ । यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।