‘स्टार अफ द मिलिनियम २०२१’ को खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख

‘स्टार अफ द मिलिनियम २०२१’ खोजी सुरु भएको छ । जसका लागि अडिसनबाट २० प्रतियोगी छनौट समेत छानिएका छन् । काठमाडौंमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्राली आयोजक रहेको १८ देखि ३० बर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी प्रतियोगीताको प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई रयाम्प वाक, व्यक्तित्व विकास, संचारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला शशक्तिकरण प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।

व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए । अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनलस्पर्धा हुने छ ।