सन्तोष र सहिमाको साली देवर


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो दर्शकमाझ आएको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ ।

डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राई फिचर्ड छन् । दामी नेपाल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र राजु श्रेष्ठको निर्माण छ ।