प्रधानमन्त्री ओलीले रेस्लिङ उद्घाटन गर्ने


ब्युटी न्युज नेपाल
काठमाडौं २ बैशाख

नयाँवर्षको अवसर पारेर रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ । ‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं’, अस्मिताले भनिन् ।