ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैंशाख

अभिनेत्री ऋचा शर्माले आफु आमा बन्न लागेको जनाएकी छिन् । उनले नयाँ वर्षको अबसर पारेर आफ्नो फेसबुक मार्फत यस्तो जानकारी गराएकी हुन् । २०७६ मँसिरमा दाम्पत्य सम्बन्धमा बाँधिएकी अभिनेत्री ऋचाले बगैंचामा पति दिपेक्ष विक्रम राणासँगै सजीवनको विरुवालाई पानी हाल्दै गरेको तस्बिर सहित यस्तो समाचार सार्वजनिक गरेकी हुन् ।

गत साता मात्र अभिनेत्री प्रियँका कार्कीले आफृु आमा बन्न लागेको कुरा फेसबुक मार्फत नै सार्वजनिक गरेकी थिईन् । यतीबेला यी अभिनेत्रीले पनि आफु आमा बन्न लागेको जनाएकी छिन् । यसै प्रसँगमा श्रीमानसँगको तस्बिर सार्वजनिक गर्दै यी अभिनेत्रीले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माँझ यो खÞुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ । एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।“

यसरी फेसबुकमा लेखेर अभिनेत्री ऋचाले आफु आमा बन्न लागेको कुरा सार्वजनिक गरेकी हुन् । उनलाई नयाँ वर्षको अबसरमा यो खुसीको खबरका कारण आफन्त र शुभचिन्तकहरुले बिहान देखि नै सामाजिक सञ्जाल र फोन मार्फत बधाई ज्ञापन गरिरहेका छन् । उनलाई हाम्रो पनि शुभकामना ।