नयाँ बर्षमा राजु लामाको ‘द मंगोलियन शो’


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ चैत

लोकपप गायक तथा मङ्गोलियन हार्टका भोकलिस्ट राजु लामाले नयाँ वर्षको अबसर पारेर १ बैशाखमा राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसरमा बैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा रहेको प्लेब्वाई लाउन्ज एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।

कार्यक्रममा राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु राख्नेछन् । कार्यक्रममा लामाले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।

नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागीता रहने कार्यक्रम नयाँ बर्षमा दर्शकलाई मनोरन्जन दिने उदेश्यले आयोजा गर्न लागेको लन्चका संचालक अमित पौडेलले बताए । हस्पिटालीटी, पार्कीङलगायत बिभिन्न सुबिधा समेत रहेको लन्चमा मंगलोलियन हर्टको प्रस्तुति रहने भएपनि टेबुल बुकिङ समेत हुन थालेको पौडेलले जानकारी दिए ।