बली प्रथा रोक्न ल्याई नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ३१ चैत

बली प्रथाको बिरुद्ध बहस अघि बढाउन गीत नै तयार गरेर भिडियो सार्वजनिक गरिएको छ । त्यसो त प्रत्येक बर्ष ठुला चाडपर्व शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ । एकातर्फ बलि शास्त्रसम्मत भएको दावी गर्दै आएका छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । यसैबीच बलि दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवति न्यौपानेले बली प्रथा बिरुद्ध एक गीत तयार पारेकी छन् ।

‘बलि’ शिर्षकको उक्त गीतमा कुलेन्द्र बि।क।को स्वर, राजेश थापाको संगीत तथा भगवति न्यौपानेको शब्द रचना रहेको छ । गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले निरन्तर नेपाली गीत लेख्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ ।

‘बलि’ गीतको भिडियोमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन् । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् भने फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन् । यो गीत र भिडियो दुबै सन्देश मुलक रहेको छ ।