नयाँ वर्षमा आयो सुनिता दुलाल र दिनेश परियारको नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ चैत

नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेललगायतको अभिनय रहेको छ । भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ ।