बाल आश्रममा सेवा गर्दै गायिका सरिता भारतीले मनाईन जन्म दिन


ब्युटी न्युज नेपाल
काठमाडौं २९ चैत

गायिका तथा मोडल, पत्रकार सरिता भारतीले आफ्नो जन्म दिन दुई वटा अनाथ आश्रम पुगेर त्यहाँका बालबालिकासँग मनाएकी छिन् । हास्य अभिनेता सुलेमान शँकर (इकु)ले काठमाडौंको मुलपानीमा सञ्चालन गरेको स्नेह आश्रममा आश्रित १४ जना बालबालिकासँग गायिका सरिता भारतीले आईतबार आफ्नो जन्मदिन मनाएकी छिन् ।

उनले आईतबार नै आफ्नो जन्म दिन मुलपानीमा रहेको इकुको बाल आश्रमसँगै गोकर्णमा रहेको सँयुक्त अपाँग एकता आवाज केन्द्र सम्म पुगेर त्यहाँका बालबालिकासँग मनाएकी हुन् । यी दुबै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै नाच्दै रमाईलो गरेर गायिका सरिताले आफ्नो जन्म दिन मनाईन् ।

गायिका सरिताले यस अघि बिगत चार वर्षदेखि काठमाडौंको किर्तिपुर स्थित मायाघर र किर्तिपुरकै एचआईभी सँक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिईन् । आईतबार भने उनले स्नेह आश्रमका १४ जना बालबालिका र सँयुक्त अपाँग केन्द्रका ४५ जना बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

यी दुबै आश्रमका बालबालिकालाई खाना खुवाउँदै उनले आर्थिक सहयोग पनि गरेकी छिन् । दुबै आश्रमका बालबालिकालाई उनले आफ्ना केही गीतहरु पनि सुनाईन् । त्यहाँ रहेका बालबालिकाहरुले पनि गायिका सरितासँग विभिन्न गीतहरु प्रस्तुत गरेर रमाईलो गरे ।

कोरोना सँक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सारिताले एक छाक खाना खुवाएर आर्थिक सहयोग गर्दा आफुलाई केही राहत भएको हास्य अभिनेता शुलेमान शँकर (इकु)ले ब्युटी न्युज नेपाललाई बताए ।

यस्तै सँयुक्त अपाँग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे । यसैगरी आरुलाई पनि आफ्नो जन्मदिन त्यहाँका बालबालिकासँग मनाउन उनले अनुरोध गरे ।
जन्म दिनको पार्टीमा हुने अनाबस्यक फजुल खर्च काटेर आफुले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताईन् । गायनमा सक्रिय सरिताको दुई वटा नयाँ गीतको भिडियो चाँडै रिलिज हुँदैछ ।