रजस्वलाको बेला छुई बिरुद्ध घनश्याम पथिकको उपन्यास


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ चैत

साहित्यकार घनश्याम पथिकले नेपाली महिलालाई रजस्वलाको बेला छुुनु नहुने कुप्रथा बिरुद्ध नयाँ उपन्यास ‘छुई’ बजारमा ल्याएका छन् । काठमाडौंको मण्डला नाटकघरमा एक समारोहबीच यो उपन्यासको मनोज गजुरेल, ऋचा शर्मा र शृङ्खला खतिवडाले विमोचन गरेका छन् । शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासलाई बजारको मूल्य रू. ४२५ तोकिएको छ ।

रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ । उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो । यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो ।

मनोज गजुरेलले सहजीकरण गरेको सामुहिक छलफलमा शृङ्खला खतिवडा र ऋचा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए । उनहरुले छुवाछुवा प्रथाले नारीलाई सास्ती तुल्याउने गरेको भनाई सो कार्यक्रममा राखे । यस्तो प्रथा हटाउन पुरुष नै अग्रसर हुनुपर्ने उनीहरुको कथन रह्यो ।