बुनु र श्यामको स्वरमा फेरी आयो बुलबुुल तालैमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ चैत

गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर गीत चर्चित ’बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ । यो गीत २०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल भएको थियो । २०५४ सालमा रेकर्डिङ हुँदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको यो गीतलाई यतीबेला श्याम गुरुङ र बुनु श्रेष्ठले पुन रेकर्डिङ गरि सार्वजनिक गरेका हुन् । गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् ।कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव त्रिपाठी ,याङशु श्रेष्ठ र आकंक्षा तामाङको अभिनय छ । छ।संसारको सबै भन्दा होचो व्यक्ति मनोज बिकको समेत यस गीतको भिडियोमा अभिनय रहेको रहेको । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।गीतलाई फुर्बा पाख्रिन तामाङले रेकर्डिङ गरेका हुन् ।यस गीतमा श्याम गुरुङको स्वर अमेरिकाको मेलोडी स्टुडियो बाल्टिमोरमा रेकर्ड गरिएको हो ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गर्नु भएको हो ।