पल पलमा ताराको प्रेममा परे शिशिर 


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ चैत

गीतकार, मोडल तारा अधिकारीको प्रेममा शिशिर भण्डारी परेका छन् । ताराले नै लेखेको नयाँ गीत पल पलको भिडियोमा उनको प्रेममा शिशिर परेको देखाईएको छ । गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा यो नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । गीतको भिडियोमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन ईशान हुन् ।

भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ । बरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

अभिनेता शिशिर भण्डारीले गीत राम्रो लागेर आफुले भिडियोमा काम गरेको बताए । लकडाउनमा दुई वटा सिनेमामा काम गरेका भण्डारीले अहिले आफु म्यूजिक भिडियोमा बढि फोकस रहेको बताए । रियल लाईफमा डाक्टर बन्ने चाहना रहेको बताउने उनले म्यूजिक भिडियोमा त्यो सपना पुरा भएको बताए । यो भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन् ।

पत्रकार तथा गीतकार डब्बु क्षत्रीले गीतकारको रुपमा स्थापित ताराको निर्देशनको चर्चा गर्दै निर्देशनमा पनि ताराको भविष्य उज्ज्वल रहेको बताए । गीत राम्रो बनेको क्षत्रीको भनाई थियो ।

भिडियोकी निर्देशक, गीतकार तथा अभिनेत्री अधिकारीले आफ्ना राम्रा गीतहरुमा आफुले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताईन् । बरिष्ठ अभिनेत्री भुवन थापा चन्दले भिडियो निर्देशनमा ताराको भबिष्य गीतकारको रुपमा जस्तै राम्रो रहेको बताईन् । चन्दले कोरोना कहरबीच आफु तत्काल सिनेमाको मुडमा नरहेको बताईन् । यो समयमा केहि म्यूजिक भिडियोहरुको लागि समय दिएको उनले जनाईन् । ‘पल पल’ गीतका संगीतकार गैरे शुरेसले आफ्नो संगीतमाथी न्याय भएको बताए ।