ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत

गायक विशाल राईको पहिलो एलबम ‘सेन्मी’लाई संगीतकार तथा सेक्सोफोनिस्ट शुभबहादुर सुनाम, एलबमका गीतकार तथा संगीतकार सुरेश अधिकारी र म्यूजिक नेपालका बिजनेस हेड तथा गायक र संगीतकार राजीव लोहनीले सार्वजनिक गरेका छन् । गायक विशालले पहिलो एलबम निकाल्नु अघि फिल्म ‘सुश्री सम्पत्ति’को लोकप्रिय गीत ‘हुकुम बक्सियोस’ गाएका थिए ।

यो गीतिसँग्रहमा ‘नारी’, ‘नपिलाउ’, ‘तिमी गईगयौ’, ‘निदाई उडेर’ र ‘म त हजुर’ बोलका गीत छन् । सबै गीतमा सुरेश अधिकारीकै शब्द तथा संगीत छ । जसमा महाराज थापाले एरेन्ज गरेका छन् । विशालले ‘द भ्वाइस अफ नेपाल सिजन २’मा पनि आफ्नो गायकी क्षमता देखाइसकेका छन् ।

कार्यक्रममा एलबममा रहेको ‘नारी’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा आदित्य बुढाथोकीको निर्देशन छ ।

भिडियोमा दृश्य सुवेदी र सुनिशा बजगाईको अभिनय छ । भिडियोमा भुवन चन्द, इन्दिरा राना मगर, रुपा खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चौधरी र शर्मिला वान्तवा विशेष भूमिकामा छन् ।