अनुशालाई नाट मिस एयर होस्टेज उपाधी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ चैत

नाट मिस एयर होस्टेस इन्टरनेशनलको उपाधि अनुशा कार्कीले प्राप्त गरेकी छिन् । बानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फस्ट रनर अप इभा जैशवाल र सेकेन्ड रनरअप प्रिया गुरुङ विजेता छानिए छन् । यस्तै विभिन्न बिधागत उपाधीहरुमा प्रिया गुरुङ बेस्ट वाक र जब बिजेता (यति एयरलाइन्स), नितिशा बिष्ट बेस्ट फिगर, सिमा गुरुङ बेस्ट पर्शनालिटी, दिपु शेर्पा मस्ट कन्फिडेन्ट, करुना नगरकोटी मस्ट डिसिप्लेन, मञ्जली लामा मस्ट पङ्चुअल, इभा जैशवाल मस्ट ब्यूटीफुल र मस्ट पपुलर, स्वेच्छा बस्नेत बेस्ट स्माइल, प्रकृती अधिकारी बेस्ट पर्फमरका रुपमा छनौट भएका थिए ।

एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको सो प्रतियोगिता दोश्रो संस्करण हो । प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ अधिबक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, मोडल दिपक घिमिरे, पूर्व क्याविन क्रिउ अर्चना मिश्र रहेको छ । नाट कलेजको यो प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् । करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।

नाट मिस एयर हस्टेस इन्टरनेशनल सिजन २ का विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति लगायत विभिन्न उपहार प्राप्त गरेका छन् ।