ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत

गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है…बजारमा आएको छ । यो गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ ।

यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन् । जसमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई लाहाङ सुब्बाले संगीत संयोजन गरेका हुन् । गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका छन् । उनीहरुको जोडी यो भिडियोमा निकै सुहाएको छ । भिडियोलाई सौगात जँग थापाले निर्माण  गरेका हुन् । भिडियोमा नरेश ऐरको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाई धिताल फिल्मस्ले निर्माण गरेको हो । भिडियोको निर्देशक दिनेश ठकुल्ला हुन् ।