कोरोना बढेपछि चलचित्र मनसँग मनको रिलिज स्थागित


ब्युटी न्युज नेपाल
काडमाडौं, १६ चैत

नयाँ वर्षमा आउने भनिएको नेपाली चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । कोरोनाको केस बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरिसकेको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी पनि हटाएको छैन । यसैले, चैत्र २७ गतेलाई तोकिएको चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको नयाँ मितिका लागि वितरकसँग सल्लाह भैरहेको वुझिएको छ ।

चलचित्रको प्रदर्शन मिति पछि सारिएतापनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

यो चलचित्रमा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । साथमा, चलचित्रको एक गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

चलचित्रमा कैलाश राइको निर्देशन, अरुण तामाङको लगानी छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ ।