मोडल हन्ट नेपाल घोषित भए प्रविण र अनिशा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ चैत

शनिबार अबेर रात काठमाडौंमा सम्पन्न ‘ छैटौं मोडल हन्ट नेपाल २०२१’ प्रविण चापागाई र अनिशा शाक्य घोषित भएका छन् । प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शिर्ष घोषित भएका हुन् ।

प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रनर अप घोषित भए ।

सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता वाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल घोषित भए ।

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल बेस्ट फेस घोषित भए ।

शैलजा अधिकारी, सुरज सिंह ठकुरी, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे र इन्ता श्रेष्ठ निर्णायक थिए । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको सो प्रतियोगितामा रवि धमला र एत्ना पाण्डेको निर्देशक थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।

करिब पाँच साताको बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् ।