ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

शनिबार चलचित्र विकाश बोर्डमा आयोजित नेपाल चलचित्र उपकरण संघको १३ औं साधारण सभा नया नेतृत्व चयन र विधान परिवर्तनसँगै शनिबार सम्पन्न भएको छ । संघमा विश्व गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो सभाले संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश बुढाथोकी (रजत), महासचिबमा केशव घिमिरे, कोषाध्यक्षमा जीवन थापा, केन्द्रिय सदस्यहरुमा राजन पुरी, चेतनाथ तिमिल्सिना, माधव थापा, शान्ति थापा, रुद्र बहादुर गुरुङ र मनोज राजभण्डारीलाई चयन गरेको छ । उनीहरु आगामी ४ वर्षका लागि कार्यसमितमा चयन भएका हुन् ।