ड्रेस टु इम्प्रेस–३ मा ९८ जना डिजाइनर


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)को आयोजनामा फेसन शो ‘ड्रेस टु इम्प्रेसन’ सिजन–३ यही शुक्रबार हुँदैछ । यसमा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि–जजिङ राउण्डमा सहभागिता जनाए ।

‘ड्रेस टु इम्प्रेस’मा सो इन्टिच्युटका डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् । बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु श्रेष्ठ र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए ।

यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्डफिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक फुपु तेन्जिङ शेपाले बतए । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् ।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।

‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफी विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् । प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् ।