नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बल


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ चैत

पत्रकार फुलमान बल नेपाल टेलिभिजनको महाप्रवन्धकमा नियुक्त भएका छन् । सरकारले महाप्रवन्धममा बललाई खुला प्रतिस्पर्धीमध्येबाट प्रकृयागत रुपमा नियुक्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गरेको सरकारका प्रवक्ताले बताएका छन् । यसअघिका महाप्रवन्धकमा गोविन्द रोक्का थिए । उनको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नेपाल टेलिभजिनको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको थियो । सोही अनुसार ४ वर्षको कार्य योजना सहित दरखास्त दिएका पत्रकार फुलमान सो टेलिभिजनको महाप्रबन्धमा नियुक्त भएका हुन् ।

बिगत दुई दशकदेखि पत्रकारितामा सक्रिय फुलमान बल हाल कान्तिपुर दैनिकमा कार्यरत छन् । साहित्य क्षेत्रमा त्यत्तिकै क्रियाशिल फुलमान चलचित्र निर्देशक पनि हुन । उनको निर्देशनमा नयाँ चलचित्र नीरफुल प्रदर्शनको तयारीमा छ ।