सस्पेन्स कथामा चलचित्र ए को छायाँकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत

पछिल्लो दिन चलचित्र छायाँकनको क्रम बढेको छ । यसै क्रममा नयाँ चलचित्र ‘ए’ को छायांकन सुरु भएको छ । यो चलचित्रको मंगलबार शुभ मुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो । विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भोमन कटुवालले निर्देशन गरिरहेका छन् ।

यो चलचित्रमा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्ट लगायतको मुख्य भूमिका रहने निर्देशक भोमनले बताएका छन् ।

सिनेमाको पटकथा तथा संवाद निर्देशक कटुवाल र आकाश उखेडाले मिलेर लेखेका हुन् । सिनेमामा प्रहलाद काफ्लेको लगानी रहेको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने भनिएको यो चलचित्रको काठमाडौं, भक्तपुर र बनेपामा छायांकन हुनेछ ।