मिस ग्लोबल इन्टरनेशनल नेपालको उपाधि रिदमलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ फागुन

सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१’ को उपाधि रिदम घिसिङले जितेकी छन् । काजी प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगितामा उपाधिसँगै घिसिङले दुबईमा आयोजना हुने ‘मिस ग्लोबल इन्टरनेसनल–२०२१’ मा नेपालको प्रतिनिधित्वको अवसर पाएकी छन् ।

प्रतियोगितामा आलोका जोशी ‘फस्ट रनर अप’ र पलिस्था शाक्य ‘सेकेण्ड रनर अप भईन । सागरिका श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’की नेशनल डिरेक्टर मनीषा डंगोल श्रेष्ठ, सौन्दर्य व्यवसायी रुश्का श्रेष्ठ, ‘मिस कोस्मोपोलिटियन २०१९’ प्रिया रानी लामा, गायिका अश्रा कुँवर, राईनो नेपाल लेदर क्राफ्ट निर्देशक एलिशा शाह र ‘मिस्टर नेपाल २०१९’ सन्तोष उपाध्याय थिए ।

त्रिलोकविक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेका थिए । आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्तकाजी श्रेष्ठले सौन्दर्य प्रतियोगितामार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।