‘ह्याङआउट’ लाउञ्जमा अनिल सिंहको लाइभ कन्सर्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ फागुन

काठमाडौंको कोटेश्वर चौकमै एउटा आकर्षक लाउञ्ज सञ्चालनमा आएको छ । कोटेश्वर ट्राफिक कार्यालयको पछाडि रिङरोडमै अवस्थित ह्याङआउट लाउञ्ज एण्ड क्लबको भोलि फागुन २८ गते शुक्रवार औपचारिक उद्घाटन गरिँदैछ ।

नेपाली फिल्मको सुपरस्टार भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न हुने उद्घाटन समारोहमा लोकप्रिय गायक अनिल सिंह आकर्षणको केन्द्रमा रहने छन् ।

उद्घाटन समारोहलाई मनोरञ्जक बनाउन गायक सिंहले लाईभ कन्सर्टमार्फत आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् । गायक सिंहलाई उनको रकस्टार सुपरस्टारको समुहले पनि गायनमा साथ दिनेछ ।

कार्यक्रममा गायक सिंहलाई नेपाल आइडलकी गायिका सन्ध्या जोशी, भ्वाइस अफ नेपालकी गायिका श्रेया राई तथा नेपाल स्टारकी गायिका समिक्षा दाहालले गायनमा साथ दिनेछन् ।

कन्सर्टको क्रममा गायक सिंहलाई ट्रेजर ब्याण्ड तथा ह्याङआउट ब्याण्डले ब्यापकअप ब्याण्डको रुपमा साथ दिनेछन् ।

प्रायस् ठमेल तथा दरबारमार्गमा मात्र सिमित भएका लाउञ्ज तथा क्लबहरु बिस्तारै राजधानीका अन्य स्थानहरुमा पनि खुल्न थालेका हुन् ।

कोटेश्वर चौकमा आकर्षक साज–सज्जासहित सञ्चालनमा आएको ‘ह्याङआउट लाउञ्ज एण्ड क्लबले स्वादिष्ट खानासहित स्वस्थ्य मनोरञ्जन प्रस्तुत गर्ने लाउञ्जका सञ्चालकद्वय आशिष खड्का तथा राम थापा शिशिरले जनाएका छन् ।

कोटेश्वर चौकस्थित सिटी टावरको दोस्रो तल्लामा अवस्थित ह्याङआउट लाउञ्ज एण्ड क्लबमा प्रत्येक साँझ छ बजेदेखि साढे ११ बजेसम्म लाइभ म्युजिक कार्यक्रम सञ्चालन हुनेछ छ ।

लाउञ्जमा स्वदेशी तथा विदेशी बाण्डका मदिराका साथै नेपाली, इन्डियन, चाइनिज आदि परिकारहरु उपलब्ध छन् । आफ्नो क्षेत्रमा अत्याधुनिक लाउञ्ज तथा क्लब स्थापना भएकोमा स्थानीयवासीले समेत ह्याङआउटका लागि नजिकै राम्रो विकल्प फेला पारेको बताएका छन् ।