रामचन्द्रको गीतमो लिगलिग कोटको व्याख्या


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ फागुन

गोरखाको ऐतिहासिक तथा पर्यटनको गतब्य बोकेको लिगलिग कोटलाई गीतमा समेटेर प्रचार गरिएको छ । लामो समयदेखि कतारमा रहेको पालुङटारका रामचन्द्र गिरीले लिगलिग कोटको प्रचार तथा प्रसारका लागि ‘लिगलिग कोट’ गीत लेखेर गीतसँगै म्युजिक भिडियो बजारमा ल्याएका छन् । यो गीतमा गायिका शान्ती श्री परियारसँगै गीतकार गिरीकै स्वर रहेको छ ।

यसरी गीतबाट सम्बन्धित स्थानको प्रचार गर्नुलाई सकरात्मक मानिएको छ । गीत मनोरञ्जनमात्र नभएर स्थानको प्रचारमा पनि माध्यम बन्न सक्छ भन्ने कुरा यो गीतले पुष्टी गरेको छ । यो गीतको लय शब्द रामचन्द्रकै हो । आफ्नो जन्मभुमि प्रतिको माया र पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले गीत बनाईएको उनले बताएका छन् ।

गितको म्युजिक भिडियो सुटिङ अत्यन्तै सुन्दर पर्यटकिय ठाउँ लिगलिग कोटमा गरिएको छ। विशाल बैरागीद्वारा निर्देशित भिडियोमा रन्जिता गुरुङ, रिया खड्का, रोशन नेपाली, दिनेश थापालगायतको अभिनय रहेको छ ।

जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना, बारपाक लगायत ठाउँको बयान गरिएको छ । गायक गिरीले आउने दिनमा पालुङटार, लिगलिगकोट लगायत पर्यटकीय ठाउँको बिकास र समृद्धिको लागि सहयोग र सहकार्य गर्ने बताएका छन् ।