रुघजी पन्त बिरुद्ध कोमल वलीको मुद्धा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ फागुन

सार्वजनिक कार्यक्रममा सार्वजनिक कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले काठमाडौं जिल्ला अदालतमा नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मँगलबार मुद्दा दायर गरेकी छन् ।
उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी छिन् ।

आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले सार्वजनिक कार्यक्रममा जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।
गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध लैंगिक हिंसाजन्य टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिंडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

वलीले आफ्नो इज्जतमा धक्का पुर्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।