ब्युटी न्युज नेपाल
काठमाडौ, २३ फागुन

‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन–३’ को उपाधि सृष्टि उप्रेतीले पाएकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा उनले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन् । प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ भईन् ।

अन्य उपाधि तर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मस्ट चार्मिङ’ र ‘मस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मस्ट कन्फिडेन्ट’, सिर्जना आले मगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए ।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथी पूर्व सुचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल रहेका थिए । प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, शिक्षक संगिता श्रेष्ठ, गायक सिताराम पोख्रेल र एनएसके निर्णय श्रेष्ठ थिए । कार्यक्रमको आयोजना डेविल सिंह राजपुतले गरेका हुन् ।