अध्यादेशका कारण प्रतिनिधि सभा बैठकमा काँग्रसको नाराबाजी, प्रचण्ड, माधव सुमहद्धारा बहिष्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

आज दिउँसो ४ बजेबाट बसेको प्रतिनिधि सभाको बैठकलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपालको समुहले बहिष्कार गरेर बैठक सुरु भएको केही क्षणबाटै सभाहलबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुन स्थापना गरेपछि आईतबार पहिलो बैठक बसेको हो । त्यो बैठकमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेपछि काँग्रेसले त्यसको घोर बिरोध गर्दै संसदको रोस्टम घेराउ गरेको छ । जसका कारण सभामुख अन्गितप्रसाद सापकोटाले १० मिनटका लागि बैठक स्थागित गर्नु परेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र नेतृ पुष्पा भुषालले सो अध्यादेश संविधान विपरित भएको भन्दै संसदमा प्रस्तत नगर्न विपक्षीका तर्फबाट आग्रह गर्दा पनि कानून मन्त्रीले अध्यादेशलाई संसदमा प्रस्तत गरेपछि काँग्रेसका साँसदहरुले रोष्टम घेराउ गरेका हुन् । काँग्रेसले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि श्रेष्ठले सो अध्यादेश प्रस्तुत गर्ने क्रममा कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो । त्यसपछि सँसद स्थगित गरिएको हो ।

त्यस अघि नै यो बैठक विधि सम्बत नभएको भन्दै नेकपा प्रचण्ड माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेर उनीहरु हलबाट बाहिरिएका हुन् । सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु जब सरकारका तर्फबाट प्रतिनिधिसभाको बैठकमा पेश गर्ने थालिएपछि उनीहरुले सो बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेशको खुलेर बिरोध गर्दै त्यसलाई रोक्न आग्रह गरेका थिए । तर कार्यसूचीमा परेको भन्दा प्रस्तुत गर्न थालिएपछि उनीहरु सभाबाट बाहिरिनु परेको हो ।