ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी १३ चैतमा हुने भएको छ । सोही कार्यक्रममा उनीहरु प्रस्तुत हुनेछन् ।

प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।

आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो । जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । आईआईएफटीका अनुसार यसपटक ११५ जना डिजाइनरले भाग लिँदैछन् ।

पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी विपना थापाले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरुलाई र्याम्पमा उत्रिनुअघिको तयारीका लागि प्रशिक्षण दिनेछिन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिबे्रटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि–जर्जिङ राउण्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।