चलचित्र विकाश बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

ओली सरकारले अहिले विभिन्न रिक्त स्थानमा धमाधम नियुक्ती दिईरहेको छ । यसै क्रममा चलचित्र विकाश बोर्ड र चलचित्र सेन्सर बोर्डको रिक्त सदस्यमा पनि शुक्रबार नियुक्त गरेको छ । विकाश बोर्ड र सेन्सर बोर्ड सदस्यमा दुई वर्षका लागि नियुक्ती दिईएको हो ।

चलचित्र निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र अभिनेता फनिन्द्रकुमार कटवाल चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका हुन् । त्यसैगरी पत्रकार सन्तोष कुमार थापा र निर्देशक मीनाक्षी कोइराला केन्द्रिय चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त भएका छन् ।