अपाङ्गता भएकाहरुका लागि ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

अपाङ्गता भएको नारीहरुको उनीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै सामाजमा उनीहरुलाईलाई फरक चिनारी बनाउन ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ । उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने यस्तो प्रतियोगिता गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको संयुक्त आयोजनामा शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको बिभिन्न पक्षको जानकारी गराएको छ ।

कार्यक्रममा काठमाडौँ लाइन्स क्बल आफ काठमाडौ क्यापिटलका पुर्व अध्यक्ष किशोर भक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए ।

त्यस्तै ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगीता आयोजना गर्न लागेको बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको ब्यक्तिले उठाउनुपर्ने धारण उनको रहेको थियो ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामै आयोजना हुने प्रतियोगीतामा अनिला श्रेष्ठको कारीयोग्राफी रहनेछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न उपबिधामा बिजेता छानिने र बिजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ ।