सिन्धुलीको रानीबासमा ड्रागन फल खेती सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ फागुन

पछिल्लो समय नेपालमा ड्रागन फल खेती गर्ने क्रम बढेको छ । यसै क्रममा कमलामाई नगरपालिका १४ तल्लो रानीबास स्थित खिरखिरेमा पनि ड्रागन फल खेती सुरु गरिएको छ ।

स्थानीय हरिबहादुर बुढाथोकीले त्यहाँको दुई बिघा जमिनमा यो खेती सुरु गरेका छन् । बहुउदेश्य योजना सहित स्थापना गरिएको बबिता एग्रिकल्चर प्रा.लि.मार्फत यो खेती सुरु गरिएको हो । यो बहुणुणकारी फल भएकाले यसको खेती सुरु गरिएको बुढाथोकीले बताए ।

कमलाईमाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले यो कृषी फार्म तथा ड्रागन फल खेतीको बिरुवामा पानी हालेर उद्घाटन गरेका छन् । यसरी आधुनिक कृषि खेती गर्नु खुसीको कुरा भएको मेयर खत्रीले कार्यक्रममा बताए । ड्रागन फल खेतीले बिदेशबाट नेपालमा आयात हुने ड्रागन फलमा कमी ल्याउने र नेपाली पैसा बिदेश जानबाट जोगिने पनि उनले बताए ।

कृषी फार्मका सञ्चालक हरिबहादुर बुढाथोकीका अनुसार अहिले त्यहाँ १ हजार पिल्लरमा ४ हजार वटा विरुवा रोपेर ड्रागन फल खेती सुरु गरिएको छ । यसलाई बिस्तारै बढाउँदै लैजाने पनि बुढाथोकीले बताए ।