नातिकाजीको ९४ औं स्मृतिमा सँगीतकर्मी र पत्रकार सम्मानित


ब्यृटी न्युज नेपाल
काठमाडौं

संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृती दिवसको अवसरमा नातीकाजी स्मृती समाजले विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

सोमवार राष्ट्रपती कार्यलय शितल निवासमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार वितरण समारोह २०७६ आयोजना गरी उनीहरुलाई पुरस्कृत गरिएको हो । जसमा दुई जना पत्रकार र बाँकी सँगीतकर्मी सम्मानित एवम् पुरस्कृत भएका छन् ।

समारोहमा नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६ बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामण्ी देवकोटा, संगीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भएका छन्। त्यसै गरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट गायक गायिकाहरु सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भएका छन् ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट संगीतकार वसन्त सापकोटा, गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायीका मेलीना राई पुरस्कृत भएका छन् । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६ बाट वाद्यवादक जीवीत जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६ बाट शास्त्रीय संगीतकार विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६ बाट लोक गायक बद्री पंगेनी, राष्ट्रिय सम्मान २०७६ बाट समाजसेवी नवराज केसी सम्मानित भएका छन भने बालगायिका जारा रीत प्रसाइलाई प्रशंसापत्र प्राप्त गरेकी छिन्। संगीतकर्मी र पत्रकारहरुलाई राष्ट्रपती विद्यँदेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए।

सो अवसरमा नेपाल समााचारपत्रका समाचार सम्पादक तथा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय कला पत्रकारीता पुरस्कार २०७६ बाट पुरस्कृत गरेकी छिन्। उनीसँगै रंगपत्रकार स्याम स्मृत पनि यहि पुरस्कारबाट पुरस्कृत भएका छन्।

समारोहमा बोल्दै राष्ट्रपती विद्यादेवी भण्डारीले सम्मानित तथा पुरस्कृतहरुलाई बधाई ज्ञापन गर्दै नेपाली संगीत आकाशका उज्वल नक्षत्रका रुपमा रहेका स्व. नातिकमाजी श्रेष्ठप्रती यस अवसरमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । नातिकाजी नेपाली जनताको मनमा बस्ने मौलिक नेपाली संगीतको सर्जक हुनुहुन्थ्यो। रेडीयो नेपालमा स्थापनाकालदेखी नै आवद्ध भई उहाँले नेपाली संगीतको सीर्जना र गायन यात्रा आरम्भ गर्नु भएको थियो। उहाँको सयौं कालजयी गीत संगीत सिर्जना गर्नु भएको थियो’ समारोहमा नातिकाजीको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भनिन्।

समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नातीकाजीको चावहिलस्थित घर वरीपरी उनी हिँड्ने गरेको मार्गलाई नातीकाजी मार्ग घोषणा गर्न सरकारलाई आग्रह गरे। उनले संगीतकर्मी जीवनीलाई जिवनत बनाउन संग्रहालय खोल्न र यो क्षेत्रको श्रीबृद्धिका लागि संगीत बोर्ड स्थापन गर्न पनि आग्रह गरे। नातिकाजीको नाममा स्थापित पुरस्कार नितान्त पारीवारीक स्रोत साथी भाई र शुभ चिन्तकको सहयोगबाट अगाडी बढिरहेको जनाउदै बासकोटाले यसपटकदेखि महानगरपालिकाबाट अक्षयकोष राख्ने निर्णय भएको जानकारी गराए ।

समारोहमा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा संगीतवद्व गीत गाएर सुनाएका थिए। सो अवसरमा गायक सुगम पोखरेलले नेपाली हामी रहांैला कहा नेपालै नरहे, जारारीत प्रसार्ईले शुभकामनाभरी, सुरज थापाले नजाउ छोडी यो देश, गायिका प्राश्ना शाक्यले काली पारी दाई कति राम्रो र मेलिना राईले फुलको थुंगा बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।