भिडियोमा जमुनाको स्वर्ग झैं लाग्छ


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन,

लामो समयदेखी युवा प्रेरकको रुपमा काम गर्दै आएकी गायिका जमुना वनको नयाँ गीत सार्वजनिक गरिएको छ । यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गाएकी जमुनाले अहिले फेरी नयाँ गीत ‘स्वर्ग झैं लाग्छ…’ सार्वजनिक गरेकी हुन् ।

गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङले कम्पोज गर्नुभएको छ । एरेन्ज भने देवेश राईले गर्नुभएको छ । गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ । भिडियो न्युटोन लांथासाको निर्देशन रहेको छ । पृथ्वीराज दुत्ताको छायांकन रहेको छ ।

गीतबारे बोल्दै जमुनाले दर्शक तथा स्रोताबाट प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ । ‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ’ जमुनाले भन्नुभयो । ‘अहिलेको गीत पनि मिहिनतका साथ बनाएका छौं आशा छ दर्शक स्रोतामाफ मनपर्छ ।’ जमुनाले आफूलाई गीतसंगीतमा लाग्न साथीभाईले उत्प्रेणा दिएको बताउनुभयो ।