मैना भन्दै विज्ञान र गरिमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

संगीतकार तथा गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो दर्शकमाझ आएको छ । गीतमा कालीकै शब्द छ ।

भिडियोमा विज्ञान र गरिमा शर्माले अभिनय गरेका छन् । नृत्यप्रधान यो गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ ।
भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।