ब्युटी न्युज नेपाल
ललितपुर, १० फागुन

युवा संगीतकार डेनी निरौलाले ललितपुरको टीकाथलीमा ‘सरु संगीत घर’ सञ्चालनमा ल्याएका छन् । संगीत घरको महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठले उद्घाटन गरेका छन् ।

कार्यक्रममा श्रेष्ठले नगरले नीतिगत रुपमा कला र संगीतको प्रवद्र्धन गरिरहेको बताए । ‘हामीले स्थानीय पाठ््यक्रममा संगीतको विधालाई छुटाएका छैनौं । अहिले कक्षा २ सम्मका पाठ््यपुस्तकमा यो विषय राखेका छौं । यसलाई कक्षा ८ सम्म नै पु¥याउँछौं ।’ उनले भने । श्रेष्ठले स्थानीय लोक र सामाजिक जीवन पद्धतिसँग सम्बन्धित बाद्यबादन र गायनका प्रशिक्षणलाई संगीत घरले प्रवर्धन गर्ने कुरामा विश्वास लिएको बताए ।

कार्यक्रममा डा. कमल पौडेल, भौतिक योजना मन्त्रालयका शाखा अधिकृत मोहन चापागाईँ, पूर्व बैकर तथा सामाजिक अगुवा सूर्य बस्नेतले टीकाथली क्षेत्रबाट सांगीतिक क्षेत्रका साधक उत्पादन हुने कुरामा विश्वास व्यक्त गरे ।

अभिनेता गजित विष्टले कला क्षेत्रले व्यवसायिकता प्राप्त गर्दै गएको बताए । पत्रकार चन्द्रमणि भट्टराईले कला क्षेत्रको विकाससँगै स्रष्टाले योगदानलाई सरकारी तवरबाट सम्मान हुने वातावरण तयार गरिनुपर्ने बताए ।

संगीतकार एवं संगीत घरका सञ्चालक डेनी निरौलाका अनुसार संगीत घरमा अहिले गायन र बाद्यबादनका कक्षाहरु सञ्चालन हुनेछन् । स्थानीय भाका, गायन र बाद्यबादनको अध्ययन गरेर प्रशिक्षण गराउँदै लैजाने, नृत्य तथा अभिनयका कक्षाहरु थप्ने आगामी योजना रहेको निरौलाको भनाइ छ ।