पोखरामा स्कुल अफ ब्युटिसियनकी अध्यक्ष रुश्काको दुई दिने ब्युटी कार्यशाला


ब्युटी न्युज नेपाल
पोखरा ९ फागुन

ब्युटिसियन पेशामा लागेकाहरुलाई अझ दक्ष र प्रखर बनाउन पोखरामा दुई दिनको ब्युटी कार्यशाला आयोजना गरिएको छ । सो कार्यशालामा विभिन्न जिल्लाका व्युटिसियनले नयाँ नयाँ सौन्दर्यकला सिक्ने अबसर पाएका छन् ।

उनीहरुलाई बरिष्ट ब्युटिसियन तथा काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष रुश्का बैद्य श्रेष्ठले प्रशिक्षण दिएकी हुन् । काठमाडौं बनेपा लगायत विभिन्न स्थानका व्युटिसियनहरुलाई प्रशिक्षण दिएकी रुश्काले यसपटक पोखराका ब्युटिसियनहरुलाई विभिन्न सौन्दर्यकला सिकाएकी हुन् । उनले सो कार्यशालामा मेकअप, फेसियल, हेयर केयर, स्किन केयर, हेयर स्टाईल, जुरो, जस्ता विभिन्न प्रशिक्षया दिईन् ।

दुईदिने सेमीनारको व्यवस्थापन शिशिर ब्यूटि पार्लर एण्ड टे«निङ सेन्टरले गरेको थियो । विशेष गरी दुईदिने सेमिनारमा मेकअप, स्कीन र हेयर सम्वन्धि सीपका बारेमा प्रशिक्षण गराइएको स्थानीय व्यवस्थापक शिशिर थापा गोदारको भनाई छ । स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टर काठमाडौका ब्यूटिसियन तथा मेकअपका आटिर्स रुस्का बैद्य श्रेष्ठले प्रशिक्षण गराएकी थिईन् ।

‘नजानेका केही कुरालाई सहजीकरण गर्ने उद्देश्यले सेमीनार आयोजना गरिएको हो,’ प्रशिक्षक श्रेष्ठले भनिन, ‘अनुहारमा मेकअप गर्दा कसरी गर्ने, क्रिमहरुको प्रयोग कसरी गर्ने, कपालको उपचार कसरी गर्ने भन्ने बारेमा सैद्धान्तिक ज्ञान सम्बन्धी सिकाइएको थियो ।’ उनका अनुसार पहिलो पटक स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरले पोखरामा सेमिनार आयोजना गरेको हो ।

यो कार्यशालामा कास्की, स्याङजा, तनहुँ, लमजुङ, पर्वत लगायत जिल्लाका ३७ जना ब्यूटिसियनको सहभागीता रहेको थियो । प्रशिक्षक श्रेष्ठले सिटिईभिटिले सञ्चालन गर्ने परीक्षामा सहभागी हुदाँ समेत सहज होस भन्ने उद्देश्यले सेमीनार आयोजना गरेको जानकारी दिईन् । आफनो पेशामा ब्यवसायीहरु दक्ष हुनुपर्छ भन्ने मान्यताले पोखरामा सेमीनार आयोजना गरिएको व्यवस्थापक गोदारले प्रष्टयाईन् ।