मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपालका प्रतियोगीको ट्यालेन्ट शो


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको छ ।
यी दुबै प्रतियोगिताका प्रतियोगीहरुले ट्यालेन्ट शो अन्तरर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शोका लागि बरिष्ट नृत्य निर्देशक, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूख निर्णायक, चरित्र अभिनेत्री रश्मी भट्ट, गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ, गायक सानु थापा र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए ।

अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुने मेकअप आर्टिष्ट तथा यो प्रतियोगिताका आयोजक टेकराज पाण्डेले बताएका छन् । उनका अनुसार मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने छ ।

आयोजक संस्थाका अध्यक्ष पाण्डेले जानकारी गराए अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ, पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामा भिड्न तयार भएका छन्।

त्यसै गरी पांचौ संस्करणको मिसेस व्युटीफुुल नेपाल २०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला, सुशिला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दैछन्।

प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट व्युटिफुल र मिसेस ट्यालेन्ट व्युटिफुल उपउपाधिका लागि दुबै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमा आपूmमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। दुबै प्रतियोगितका प्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आप्mना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए।