हँसाउने उही छ…भजनबाट अभिनयमा फर्किए पुष्पराज


ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

अभिनेता पुष्पराज पुरुष एक दशकको अन्तरालपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ…’ मार्फत अभिनयमा फर्किएका हुन् । पुष्पराजले दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए ।

गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् । गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो । जुन सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको छ ।

गीतकार प्रसाईका यसअघि प्रेमको कथा, कथा मृत्युको लगायत थुप्रै गीतले चर्चा पाएका थिए । भिडियोको निर्देशन देबेन्द्र पान्डेले गरेका हुन् ।