छायाँकन सकियो मनसँग मनको


ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

आगामी नयाँ वर्षमा रिलिज गर्ने भनिएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा चलचित्रमा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षको कथन छ ।

‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । जसमा पुष्प खडका र वर्षा शिवाकोटी रोमान्टिक भावमा प्रस्तुत भएका छन् ।

कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ ।यो चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।