ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

चलचित्र ‘बिहे पास’ को केही कलाकार चयनका लागि मँगलबार र बुधबार अडिसन हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले अडिसनका लागि ‘कास्टिङ कल’ गरेको हो ।

चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको यो चलचित्रको अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी,ग्वार्काे,ललीतपुरमा हुनेछ । निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०,२६,४०,५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ । स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ ।