प्रेस संगठन नेपालको पुनर्गठन


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

प्रेस संगठन नेपालको पुनर्गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेको यो संस्थामा सो पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गरिएको छ । संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाल चयन भएका छन् ।

संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् । महासचिवमा राजेश राईलाई चयन गरिएको छ । प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ । जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजकमा देबेन्द्र कार्कीलाई जिम्मेवारी दिएको छ । प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन, सह इञ्चार्जमा लक्ष्मण खड्का, शालिकराम नेपाल र संयोजकमा सुनिल खड्का चयन भएका छन् । गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन्।

यस्तै लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे, सहइञ्चार्ज सुशील पोखरेल र संयोजक मानसिंह विक चुनिएका छन् । कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजकमा प्रतिक इच्छुक चयन भएका छन् । सह इञ्चार्जमा देवीराम देवकोटा चयन भएका छन् ।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवराज भण्डारी चुनिएका छन्। उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएका छन्।

एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्का र वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ।

प्रेस संगठन, नेपाल
प्रेस विज्ञप्ति

श्रमजीवी पत्रकारहरुको अग्रणी तथा गौरवशाली संगठन प्रेस संगठन नेपाल श्रमजीवी पत्रकारहरुको पेशागत हकअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको निम्ति अविचलित रुपमा क्रियाशिल रहदैं आएको यहाँहरुलाई सर्वविदितै छ । निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संबिधानमाथि प्रहार गर्दै ५ पुस २०७७ मा सरकारले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नयाँ चुनौती र खतरा पैदा भएको छ ।

प्रतिनिधिसभा विघटनको यो कदम २०६२र ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध रहेको ठहर सहित प्रेस संगठन नेपाल अभियान र आन्दोलनमा छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको यो संबिधान विरुद्धको प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धकै कदम हो भन्ने हाम्रो ठहर छ । यही परिवर्तित सन्र्दभमा ६ पुस २०७७ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम प्रेस संगठन नेपालको निम्न अनुसारको जिम्मेवारी हेरफेर गरिएको छ ।

तपशील ः(
 संयोजक ः महेश्वर दाहाल
 सह–संयोजक ः विश्वमणि सुवेदी
 सह–संयोजक ः विष्णु सापकोटा
 महासचिव ः राजेश राई

कार्यालय सदस्य
१) अमृतनाथ तिम्सिना
२) कमल गिरी
३) गंगा बराल
४) चमिना भट्टराई
५) देवराम यादव
६) ध्रुव बुढाथोकी
७) नरेन्द्र साउद
८) मनोज घर्तीमगर
९) मौसम रोकामगर
१०) राजेश राई
११) रामकुमार एलन
१२) विवेक गौतम
१३) विश्वमणि सुवेदी
१४ विष्णु सापकोटा
१५) सइन्द्र राई
१६) सुरेशचन्द्र अधिकारी
१७) सुरोजंग पाण्डे
१८) हेमकर्ण वि.क
(नोट ः वर्णानुक्रमको आधारमा)

अनुशासन आयोग ः
(१) संयोजक ः सन्तोष पौडेल
(२) सह–संयोजक ः शिव ढुङाना

लेखा आयोग ः
(१) संयोजक ः भवानी कार्की
(२) सह–संयोजक ः नरेन्द्र के.सी

प्रदेश कमिटी ः
प्रदेश नम्बर एक ः
१) इन्चार्ज ः राजन केडी
२) सह–इन्चार्ज ः तिर्थ सिग्देल
३) सह–इन्चार्ज ः स्मिता निरौला
४) संयोजक ः देबेन्द्र कार्की
५) सह–संयोजक ः एक्सन राई
६) सह–संयोजक ः मुक्ती पौडेल
७) सह–संयोजक ः भिम राई
८) सचिव ः सुजन तिम्सिना

प्रदेश नम्बर दुई ः
१) इन्चार्ज ः प्रकाश खतिवडा
२) सह–इन्चार्ज ः हिरालाल चौधरी
३) संयोजक ः किरण कर्ण
४) सह–संयोजक ः राघव शाह
५) सह–संयोजक ः विदुर खड्का
६) सह–संयोजक ः मदन ठाकुर
७) सचिव ः व्रिजलाल पासवान

बागमती प्रदेश
१) इन्चार्ज ः रामकुमार एलन
२) सह–इन्चार्ज ः लक्ष्मण खड्का
३) सह–इन्चार्ज ः शालिकराम नेपाल
४) संयोजक ः सुनिल खड्का
५) सह–संयोजक ः रामकृष्ण थापा
६) सह–संयोजक ः नविनकुमार खतिवडा
७) सह–संयोजक ः शान्ता अधिकारी
८) सचिव ः ध्रुव रायमाझी

गण्डकी प्रदेश
१) इन्चार्ज ः हरिनारायण गौतम
२) सह–इन्चार्ज ः त्रिभुवन पौडेल
३) सह–इन्चार्ज ः श्रीराम सिग्देल
४) सह–इन्चार्ज ः माधव पनेरु
५) संयोजक ः अर्जुन काफले
६) सह–संयोजक ः उर्मिला कुँवर
७) सह–संयोजक ः दिपक जलन
८) सचिव ः गणेश पौडे

लुम्बिनी प्रदेश ः(
१) इन्चार्ज ः बिकास बन्जाडे
२) सह–इन्चार्ज ः सुशिल पोखरेल
३) सह–इन्चार्ज ः गोबिन्द शर्मा
४) संयोजक ः मानसिंह बिक
५) सह–संयोजक ः रुद्रहरि कुँबर
६) सह–संयोजक ः विरेन्द्र मिश्र
७) सह–संयोजक ः मेनका थापा चौधरी
८) सचिव ः नरेश केसी

कर्णाली प्रदेश ः
१) इन्चार्ज ः जीवन बिसी
२) सह–इन्चार्ज ः गोबिन्ददेव भारती
३) सह–इन्चार्ज ः देवीराम देवकोटा
४) संयोजक ः प्रतिक इच्छुक शर्मा
५) सह–संयोजक ः रमेश एैडी
६) सह–संयोजक ः गणेशकञ्चन भारती
७) सह–संयोजक ः सुरजकुमार सिंह
८) सचिव ः दिपक बुढा

सुदूरपश्चिम प्रदेश
१) इन्चार्ज ः रामसिंह ठगुन्ना
२) सह–इन्चार्ज ः धर्मराज पाध्याय
३) संयोजक ः नबराज भण्डारी
४) सह–संयोजक ः मिनेन्द्र शाही
५) सह–संयोजक ः लिलाजंग शाही
६) सचिव ः स्रमाट सिंह

उपत्यका प्रदेश ः
१) इन्चार्ज ः सुरोजंग पाण्डे
२) सह–इन्चार्ज ः उपेश मर्हजन
३) संयोजक ः नबराज दाहाल
४) सह–संयोजक ः उज्वल पहाडी
५) सह–संयोजक ः सागर न्यौपाने
६) सचिव ः सबिन शर्मा

प्रतिष्ठान प्रदेश ः
१) इन्चार्ज ः विदुर खड्का
२) सह–इन्चार्ज ः तेजप्रसाद वाग्ले
३) सह–इन्चार्ज ः बुद्ध लोप्चन
४) संयोजक ः विरेन्द्र ओली
५) सह–संयोजक ः रघुनाथ बजगाई
६ ) सह–संयोजक ः खेम बम
७) सह–संयोजक ः रामकुमार शाही
८) सचिव ः कृपा भण्डारी

एसोसिएट प्रदेश ः
१) इन्चार्ज ः ध्रुब लम्साल
२) सह–इन्चार्ज ः केशवराज खनाल
३) सह–इन्चार्ज ः बबिन शर्मा
४) संयोजक ः डब्बु क्षेत्री
५) सह–संयोजक ः नरेश न्यौपाने
६) सचिव ः रोयल आचार्य